Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

शनिबारका लागि थपियो ‘रेड अलर्ट’,यी जिल्लामा सवारी आवागमन बन्द गर्न निर्देशन

  • कैलाली दर्पण
  • शुक्रबार, अशोज ९, २०८३
शनिबारका लागि थपियो ‘रेड अलर्ट’,यी जिल्लामा सवारी आवागमन बन्द गर्न निर्देशन

९असोज/ देशका विभिन्न स्थानमा भीषण वर्षा भइरहेको छ। वर्षाका कारण ठाउँ–ठाउँमा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ।

शुक्रबार गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा बढी वर्षा भए पनि शनिबार (असोज १० गते) मध्यनेपालदेखि पश्चिमतर्फ भीषणदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

वर्षाको जोखिमलाई मध्यनजर गर्दै विपद् प्राधिकरणले ‘रेड अलर्ट’ क्षेत्र थप गरी जिल्लागत रूपमा जोखिमको अवस्था सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार जोखिमको स्तरअनुसार विभिन्न जिल्लामा आज र भोलि सवारी आवागमन बन्द गर्ने, अवस्था हेरेर निर्णय गर्ने तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

रातो रङले संकेत गरिएका जिल्लामा पूर्ण रूपमा सवारी साधन सञ्चालन बन्द गर्न भनिएको छ। सुन्तला रङले संकेत गरिएका जिल्लामा रातको समयमा सवारी आवागमन बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरी जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले निर्णय लिनुपर्नेछ।

यस्तै, पहेँलो रङले संकेत गरिएका जिल्लामा समेत आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट