नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चामुण्डाबिन्द्रासैनी नगरपालिकाको नगर सभापतिमा जोगीराम शाही निर्विरोध निर्वाचित भएका छन्।
शाहीसहित नगर कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा जयबहादुर कार्की, महिला उपसभापतिमा लीला कुमारी शाही, सचिवमा उपेन्द्रकुमार बोहरा र सहसचिवमा ईश्वरकुमार शाही निर्वाचित भएका छन्।
सदस्यहरूमा झरना कुमारी शाही, कृष्णबहादुर बुढा, देउचने कामी, सुन्दरा विक र लालबहादुर विक लगायत सम्पूर्ण नगर कार्यसमिति निर्विरोध निर्वाचित भएको जनाइएको छ।