कैलाली । नेपाली कांग्रेस बर्दगोरिया गाउँकार्य समितिको १५औँ महाधिवेशनबाट कृष्ण बिष्ट पुनः सभापतिमा निर्वाचित भएका छन्।
महाधिवेशनबाट उपसभापतिमा प्यारेलाल चौधरी र निर्मला कुमारी कठरिया,सचीवमा यज्ञराज बन्तोला र सह- सचीवमा बोटबहादुर चौधरी निर्वाचित भएका छन्। अन्य पदाधिकारी तथा सदस्यसमेत चयन गरिएको निर्वाचन समिति संयोजक टेकराज जोशीले जानकारी दिए।
बिष्ट यसअघि पनि बर्दगोरिया गाउँकार्य समितिको सभापति थिए। १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका उनी दोस्रो कार्यकालका लागि पुनः नेतृत्वमा आएका हुन्।
नयाँ नेतृत्वसामु संगठनलाई थप सक्रिय बनाउने, वडा तहसम्म संगठन विस्तार गर्ने तथा युवा पुस्तालाई पार्टीमा जोड्ने मुख्य चुनौती रहेको कांग्रेसका नेता–कार्यकर्ताले बताएका छन्।