कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–४ गिधिनियाका ४० वर्षीय अबिराम जैसी मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार जैसी गिधिनियाकै बलिया चोक जोड्ने कच्ची सडकखण्डमा मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।