Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा  योजना तर्जुमा गोष्ठी सम्पन्न 

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ २६, २०८३
बर्दगोरियामा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा  योजना तर्जुमा गोष्ठी सम्पन्न 
Oplus_16908288

कैलालीको बर्दगोरिया गाउँपालिकाको स्वास्थ शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष कर्ण बहादुर कुँवरले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा गाउँपालिकाको प्रमुख प्राथमिकता  रहेको बताउँदै तथ्यमा आधारित योजना निर्माण गर्न आग्रह
गर्नुभयो ।

साथै अध्यक्ष कुँवरले समीक्षा गोष्ठीबाट प्राप्त सिकाइलाई
आगामी कार्यक्रम तथा बजेटसँग जोडेर प्रभावकारी स्वास्थ
सेवा विस्तार गरिने बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामिले सहजीकरण गर्दै बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखा अन्तरगत आधारभुत स्वास्थ्य ईकाई बाट प्रवाह भएका सेवा र क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।

गाउँपालिकाको सभाहलमा आयोजित गोष्ठीमा पालिका
अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरी,
सामाजिक विकास समिति संयोजक तथा वडा नं. १
अध्यक्ष मिथुन गौतम, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका जिल्ला तथ्यांक अधिकृत बिनोद राज पन्त, फाया नेपालका जिल्ला अफिसर रुपेश साउस, सिनियर अनमी निनु जोशी भट्ट  लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट