Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

रानिकुण्डा खानेपानी आयोजना उद्घाटन, १२५० घरधुरीलाई निःशुल्क पानी

  • कैलाली दर्पण
  • बुधबार, भदौ २४, २०८३
रानिकुण्डा खानेपानी आयोजना उद्घाटन, १२५० घरधुरीलाई निःशुल्क पानी

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. ३ मा निर्माण सम्पन्न रानिकुण्डा खानेपानी आयोजनाको बुधबार गाउँपालिका
अध्यक्ष कर्ण बहादुर कुँवरले मोटरको स्विच अन गर्दै उद्घाटन गर्नुभएको छ।

विश्व बैंकको सहयोग तथा नेपाल सरकार, सुदूरपश्चिम प्रदेश
सरकार र बर्दगोरिया गाउँपालिकाको साझेदारीमा करिब ९ करोड रुपैयाँ लागतमा आयोजना निर्माण सम्पन्न भएको हो।

आयोजनासँगै वडा नं. ३ का १,२५० घरधुरी ले स्वच्छ तथा सुरक्षित खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका
छन्।

प्याराडाइज बिल्डर्स प्रा.लि., ललितपुरले २०८१ मंसिर २१ गते सम्झौता गरी २०८२ फागुन सम्म सम्पन्न गर्ने लक्ष्य राखेको थियो। निर्माण कम्पनीले गुणस्तरीय रूपमा समयमै काम सम्पन्न गरेकोमा स्थानीयवासी र जनप्रतिनिधिले धन्यवाद व्यक्तगरेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पालिकाअध्यक्ष कर्ण बहादुर कुँवरले सदस्यता शुल्क रु. १,५०० देखि २,००० सम्म मात्र राखिएको र यश बर्ष ३ नम्बरका जनताले निशुल्क खानेपानी उपभोग गर्न पाउने बताउनु भयो ।

यसै गरि आगामी वर्ष सबै वडामा सहुलियत दर वा निःशुल्क
खानेपानी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष मिथुन गौतम,
समाजसेवी रुपक सुनार, न्यायिक समिति सदस्य बसन्ती साउद, पूर्व कार्यपालिका सदस्य कोकिला खत्री तथा
निर्माण कम्पनीका प्रतिनिधि एकेन्द्र मल्लले पालिकाको
कामको प्रशंसा गर्नुभयो ।

रानिकुण्डा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य आत्मप्रसाद रिजालले स्वागत गर्नुभएको
कार्यक्रमको सञ्चालन सचिव राजेश चौधरीले गर्नुभएको थियो।
यो आयोजना कर्णाली प्रदेशका वीरेन्द्रनगर र शारदा
नगरपालिका तथा सुदूरपश्चिमका दिपायल सिलगढी,
बर्दगोरिया, जोशीपुर र जानकी गरी ६ पालिका मा
सञ्चालनमा रहेको परियोजना अन्तर्गत पर्छ। बर्दगोरियाको कार्यप्रगति देशभरकै उत्कृष्टमध्ये एक रहेको जनाइएको छ।

रानिकुण्डा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टंक ओलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा, २ नम्बर वडा अध्यक्ष गोबिन्द बिक, बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष देव राज सिह स्वार, समाजसेविक, स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट