Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भोटेकोशी बाढीका घाइतेका लागि बौनियाँमा रक्तदान,७३ पिन्ट रगत संकलन

  • कैलाली दर्पण
  • शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढीका घाइतेका लागि बौनियाँमा रक्तदान,७३ पिन्ट रगत संकलन
Oplus_16908288

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट घाइते भई विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा उपचाररत नागरिकका लागि रगत व्यवस्थापन गर्ने उद्देश्यले बौनियाँमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ।

कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रवर्द्धन गरेको बर्दगोरिया ३-शून्य क्लब युनियनको आयोजनामा शनिबार श्री वसन्तमुरारी नमुना माध्यमिक विद्यालय, बौनियाँको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

किसान बहुउद्देश्यीय सहकारी संस्थाको आर्थिक सहयोग, वसन्तमुरारी नमुना माध्यमिक विद्यालयको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा क्लबमा आबद्ध विद्यार्थी, युवा तथा स्थानीय समुदायले उत्साहपूर्वक रक्तदान गरेका थिए। कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सरोज कुमार शाह, महाप्रबन्धक डम्बर बहादुर शाह, विभागीय प्रमुख दीपकराज ढुङ्गाना,कर्मचारी हंश जोशी, वसन्तमुरारी नमुना माविका सहायक प्रधानाध्यापक खडक कुँवर, शिक्षक प्रभुनाथ जैशी, बर्दगोरिया रेडक्रस सोसाइटीका सभापति लक्ष्मीराज जोशी, बौनियाँ जेसीजका अध्यक्ष भीम बीसी,पत्रकार लगायत ३-शून्य क्लबका विद्यार्थी तथा स्थानीय रक्तदाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समुदायमा शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको अवधारणालाई आत्मसात् गर्दै किसान बहुउद्देश्यीय सहकारी संस्थाले विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवाको नेतृत्वमा १५० भन्दा बढी ‘३-शून्य क्लब’ गठन गरी प्रवर्द्धन गर्दै आएको जनाएको छ।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, रेडक्रसकर्मी तथा रक्तदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सेवाका यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट