Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाढीपीडितलाई बर्दगोरियाको ५ लाख ५१ हजार सहयोग,आफ्ना नागरिकलाई जनही १ लाख दिने निर्णय

  • कैलाली दर्पण
  • बुधबार, भदौ १७, २०८३
बाढीपीडितलाई बर्दगोरियाको ५ लाख ५१ हजार सहयोग,आफ्ना नागरिकलाई जनही १ लाख दिने निर्णय

कैलालीको बर्दगोरिया गाउँपालिकाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको बुधबार (आज) बसेको कार्यपालिका बैठकले ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँ सरकारका प्रबक्ता मिथुन गौतमले जानकारी दिए ।

“बाढी पीडितका लागि हामीले ५ लाख ५१ हजार प्रधानमन्त्री राहत कोष मार्फत सहयोग गर्ने निर्णय गरेका छौ । यस्तै बाढीमा परेका हाम्रो पालिकाका नागरिकको हकमा जनही १ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेका छौ ।” प्रवक्ता गौतमले भने ।

उनका अनुसार हाल सम्म बर्दगोरियाका २ जना नागरिक हराएको पुष्टि भएको छ भने अन्यको खोजीकार्य जारी रहेको छ । बाढीका कारण ठूलो क्षति व्यहोरेका परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट