बर्दगोरिया, कैलाली — नेकपा एमाले बर्दगोरिया गाउँकमिटीको आयोजनामा दिवंगत नेता तथा कार्यकर्ताको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा प्रदेश सल्लाहकार सदस्य साबित्रा सापकोटा, बर्दगोरिया गाउँकमिटी सचिवालय सदस्य भीम विश्वकर्मा तथा गाउँकमिटी सदस्य पदम विश्वकर्मा को निधनको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो।
गाउँकमिटी अध्यक्ष मधुकर सिजापती मगर को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव ममता प्रसाद चौधरी, लम्की–चुहा नगर कमिटी अध्यक्ष शेरबहादुर बिष्ट, जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओली, तथा एमालेका नेता दलबहादुर बिष्ट, मिथुन गौतम, गोविन्द बिक, नवराज कुँवर, शिवराज कुँवर, टेक खड्का, घनश्याम डाँगी, लालसिंह बिक लगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
श्रद्धाञ्जली कार्यक्रममा दिवंगतप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। शोक मन्तव्य व्यक्त गर्ने वक्ताहरूले दिवंगतहरूको पार्टी, समाज र जनताप्रतिको योगदानको उच्च सम्मान गर्दै उहाँहरूले देखाएको आदर्श, इमानदारी र समर्पणलाई अनुकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।