बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरलाई बर्दगोरिया डेस्कटपले २० वटा राष्ट्रिय झण्डा सहयोग गरेको छ।
बर्दगोरिया डेस्कटपको दोस्रो वार्षिकोत्सवको अवसरमा सञ्चालक महेश रावलले सहारा घरका अध्यक्ष बलबहादुर विष्टलाई विभिन्न आकारका झण्डा हस्तान्तरण गरेका हुन्।
सहारा घरले फेसबुकमार्फत सहयोगको अपिल गरेको केही समयमै रावलले १० फिटको १, ५ फिटका ३, ३ फिटका ३ र २ फिटका १३ गरी जम्मा २० वटा राष्ट्रिय झण्डा सहयोग गरेका हुन्।
सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष विष्टले रावललाई व्यावसायिक सफलताको शुभकामना दिएका छन्।