Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाका २१० भुमिहिन परिवारलाई लालपुर्जा वितरणको तयारी,कर र प्रक्रियाप्रति अध्यक्ष कुँवरको असन्तुष्टि

  • कैलाली दर्पण
  • बिहिबार, साउन ७, २०८३
बर्दगोरियाका २१० भुमिहिन परिवारलाई लालपुर्जा वितरणको तयारी,कर र प्रक्रियाप्रति अध्यक्ष कुँवरको असन्तुष्टि
Oplus_16908288

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गर्ने विषयमा भूमि समस्या समाधान समिति जिल्ला समिति कैलालीको सर्वेक्षक टोली र गाउँपालिकाको भूमि शाखासँग गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले छलफल गर्नुभएको छ।

छलफलमा पहिलो चरणमा २१० भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी तत्काल अघि बढाउन गाउँपालिकाको भूमि शाखालाई अध्यक्ष कुँवरले निर्देशन दिनुभएको छ।

छलफलका क्रममा अध्यक्ष कुँवरले के पि शर्मा ओलि नेतृत्वको सरकारले अव्यवस्थित बसोबासिको हकमा २ देखि १० प्रतिशत कर लिने व्यवस्था कायम गरेको बताउदै हालको सरकारले लालपुर्जा वितरण प्रक्रियामा लागू गरेको ८ प्रतिशत देखि २०० प्रतिशत सम्मको कर तथा थपिएका झन्झटिला प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । नागरिकलाई निःशुल्क रूपमा लालपुर्जा उपलब्ध गराउनुपर्नेमा अत्याधिक कर लगाइनु आपत्तिजनक रहेको उहाँको भनाइ थियो।

अध्यक्ष कुँवरले भूमिहीन नागरिकले सहज, सरल र छिटो प्रक्रियाबाट लालपुर्जा प्राप्त गर्नुपर्नेमा जोड दिँदै आवश्यक सहजीकरणका लागि कैलालीका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत आग्रहसमेत गर्नुभएको छ।

गाउँपालिकाले भूमिहीन नागरिकलाई लालपुर्जा वितरणको प्रक्रिया छिटो सम्पन्न गरी उनीहरूको दीर्घकालीन भूमि अधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट