कैलाली — महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरण तथा सकारात्मक सोच विकास गर्ने उद्देश्यले बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा समृद्ध नेपाल ट्रेनिङ सेन्टरको आयोजनामा उक्त कार्यक्रम सञ्चालनमा आएको हो। समुदायस्तरमा महिलाहरूलाई सचेत बनाउँदै हिंसा विरुद्ध आवाज उठाउन प्रेरित गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा घरेलु हिंसाका विभिन्न स्वरूप, यसको प्रभाव तथा कानुनी उपचारका विषयमा जानकारी गराइनुका साथै सहभागी महिलाहरूलाई सकारात्मक सोच, आत्मविश्वास वृद्धि र आत्मनिर्भर बन्ने उपायहरूबारे प्रशिक्षक चादनी आचार्यले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमका बारेमा जानकारी दिँदै वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले महिलाहरूले भोग्दै आएको हिंसालाई न्यूनीकरण गर्न तथा उनीहरूमा सकारात्मक सोच विकास गराउन कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले महिलाहरूलाई सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताउनुभयो।