Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

खैरो हेरोइनसहित तीन जना पक्राउ

  • कैलाली दर्पण
  • बिहिबार, असार ४, २०८३
खैरो हेरोइनसहित तीन जना पक्राउ

कैलालीको घोडाघोडी नगरपालिका–७, कृतिपुरस्थित सुखड–भजनी खडक सडकखण्डबाट खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सुप्रप्र ०१–०८ प २८८८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा २ ग्राम ५८० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ का २९ वर्षीय खेमराज मल्ल, २९ वर्षीय बालाराम पोख्रेल र एक १६ वर्षीय किशोर रहेका छन्। लागूऔषधसहित मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट