Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, जेष्ठ ३०, २०८३
ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

कैलालीको लम्कीचुहा नगरपालिकास्थित ज्ञानकुञ्ज सामुदायिक सिकाइ केन्द्रको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

केन्द्रका अध्यक्ष विष्णुप्रसाद खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख जुना चौधरी विशिष्ट अतिथि रहनुभएको थियो।

त्यसैगरी लम्कीचुहा नगरपालिका वडा नं. १ का वडाध्यक्ष नेत्रप्रसाद खनाल, वडा नं. ५ की वडाध्यक्ष माया विष्ट, लम्कीचुहा उद्योग वाणिज्य संघ का अध्यक्ष दीपक कुमार तिमिल्सिना तथा केन्द्रका पूर्व अध्यक्ष बद्रीप्रसाद लम्साल अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा व्यवस्थापन समिति सदस्य खगेन्द्र प्रसाद धमालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन केन्द्र विद्यालय व्यवस्थापन समिति सदस्य गीता गड्तौलाले गर्नुभएको थियो।

साधारणसभामा केन्द्रका वार्षिक गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको जनाइएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट