Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया अध्यक्ष कर्णबहादुर कुँवर सम्मानित

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ २२, २०८३
बर्दगोरिया अध्यक्ष कर्णबहादुर कुँवर सम्मानित

कैलाली — बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर सम्मानित भएका छन्। जोशिपुर गाउँपालिका–३ लक्कडमा जेठ १८ गतेदेखि सुरु भएको भागवत सप्ताह महायज्ञका अवसरमा शुक्रबार उनलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो ।

लहरेक दिन फरक–फरक प्रमुख अतिथि रहने व्यवस्थाअनुसार शुक्रबार अध्यक्ष कुँवर सप्ताहका प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा उनले नगद ५१ हजार रुपैयाँ सहयोग (दान) समेत गरेका छन्।

अध्यक्ष कुँवरको उपस्थितिले कार्यक्रमको गरिमा बढेको आयोजकले जनाएको छ। “हाम्रो आग्रह स्वीकार गरी अध्यक्षज्यू कार्यक्रममा उपस्थित हुनुभयो। उहाँको आगमनले हामीलाई थप हौसला मिलेको छ। आगामी दिनमा पनि उहाँबाट सहयोगको अपेक्षा गरेका छौँ,” आयोजक समितिका संयोजक रामकिसन कठरियाले बताए।

सिद्धि गणेश मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भइरहेको उक्त भागवत सप्ताह महायज्ञ जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट