Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अरनिको राष्ट्रिय आविको अध्यक्षमा भरत सिजापती बडुवाल सर्वसम्मत चयन

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ २२, २०८३
अरनिको राष्ट्रिय आविको अध्यक्षमा भरत सिजापती बडुवाल सर्वसम्मत चयन
Oplus_16908288

२२ जेठ/ कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित श्री अरनिको राष्ट्रिय आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा भरत सिजापती बडुवाल चयन भएका छ्न।

बिहीबार सम्पन्न विद्यालयको ५२औँ अभिभावक भेलाबाट विद्यालयको अध्यक्षमा भरत सिजापती बडुवाल सर्वसम्मत रूपमा चयन भएका हुन्।

त्यसैगरी समितिका सदस्यहरूमा दिनेश बिष्ट, रञ्जना बडुवाल र अस्मिता माझी चयन भएका छन्। शिक्षक प्रतिनिधिका रूपमा मीनबहादुर माझी रहेका छन् भने सदस्य–सचिवमा विद्यालयका प्रधानाध्यापक लोकराज धमाला र पदेन सदस्यमा दिपेन्द्र माझी रहेका छन्।

नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउँदै विद्यालयको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट