Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

रास्वपा मोहन्याल गाउँपालिकाको सभापतिमा महेश बिष्ट निर्वाचित

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ १८, २०८३
रास्वपा मोहन्याल गाउँपालिकाको सभापतिमा महेश बिष्ट निर्वाचित

बौनिया/कैलालीको मोहन्याल गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम गाउँपालिका अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनबाट महेश बिष्ट सभापतिमा चयन भएका छन्।
त्यसैगरी उपसभापतिमा डम्मर पौडेल, सचिवमा भुपेन्द्र चौलागाईं तथा सहसचिवमा कौशिल्ला सार्की चयन भएका छन्।
सदस्यहरूमा नामदेवी भुल (दलित महिला सदस्य), तुलाराम बोहरा, सुशान्त थापा, गंगा विक र लक्ष्मीदेवी बोहरा चयन भएका छन्।

मोहन्याल-३ फलेबिसौनामा भएको प्रथम अधिवेशनमा  रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्ट, क्षेत्रीय सभापति कृष्ण बटाला तथा बर्दगोरिया गाउँपालिका सभापति केशव भण्डारीलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट