बौनिया/घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा चन्द्र प्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छ्न।
शनिबार भएको संघको ९ औं वार्षिक तथा चुनावी साधारण सभाबाट आचार्य अध्यक्षम निर्विरोध निर्वाचित भएका हुन।
यस्तै उद्योग उपाध्यक्षमा भवानी प्रसाद ढकाल, वाणिज्य उपाध्यक्षमा निरक हमाल, वस्तुगत उपाध्यक्षमा श्यामराज विक, महासचिवमा मनोज कुमार सुनार, सचिवमा नारायण प्रसाद भण्डारी र कोषाध्यक्षमा परसु राम सापकोटा निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी सदस्य पदमा विनोद बुढा मगर, नवीन क्षेत्री, राजु अवस्थी, विनोद कुमार चौधरी, रत्न प्रसाद न्यौपाने, टीका देवी काफ्ली, गणेश रेग्मी र रमा लामिछाने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।