१३ जेठ/बालबाटिका विद्या मन्दिरले विद्यालयमा लोकतान्त्रिक अभ्यासको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। विद्यालयमा आयोजित निर्वाचनमार्फत विद्यालय कप्तान, उपकप्तान तथा कक्षा मनिटरहरू चयन गरिएका छन्।
निर्वाचन प्रक्रियामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो । विद्यालय कप्तानमा छत्र बम ले २२४ मत प्राप्त गर्दै निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्दी मधु बोहराले ९१ मत पाईन । यसै गरि बिधालय उपकप्तामा ३ जना प्रतिस्पर्धी उम्मेदवारहरूलाई उछिन्दै किशन जैशी निर्वाचित भएका छन । उनले १५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी दिपिशा शाहिले १०४ मत प्राप्त गरिन । त्यसैगरि, विभिन्न कक्षाका मनिटरहरू पनि विधिवत् मतदान प्रक्रियाबाट चयन गरिएका छन् । कक्षा २ देखि कक्षा १० सम्मका ४३५ जना विद्यार्थी र २२ जना शिक्षक मध्य २० जना शिक्षक र बाकी विद्यार्थी गरि ३९६ मत खसेको थियो ।

साथै, नव बालबाटिका विद्या मन्दिर यस क्षेत्रको शैक्षिक विकासमा उल्लेखनीय प्रगति गर्दै अघि बढिरहेको छ। अतिरिक्त क्रियाकलापसँगै संस्कारयुक्त शिक्षा प्रदान गर्न विद्यालयले महत्वपूर्ण योगदान दिँदै आएको छ। चालु शैक्षिक सत्रमा विद्यालयले एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको थियो ।
