Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल–६ सोल्टामा ट्याक्टर दुर्घटना एक बालिकाको मृत्यु

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ १०, २०८३
मोहन्याल–६ सोल्टामा ट्याक्टर दुर्घटना एक बालिकाको मृत्यु
Oplus_16908288

कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ६ सोल्टा पनेरी पसल नजिकै ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार कक्षा ३ मा अध्ययनरत १० वर्षीय जैसरा मगर पनेरी पसलको धाराबाट पानी बोकेर घर फर्किने क्रममा माथिबाट पल्टिएको ट्याक्टरको सामानले च्यापिँदा उनको ज्यान गएको हो।

उक्त दुर्घटनामा एक जना अर्का व्यक्ति घाइते भएका छन्, उनको उपचार भइरहेको बताईएको छ।

घटनापछि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा सत्यतथ्य संकलन गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर मोहन्याल गाउँपालिका वडा नं. ६ की वडा सदस्य जमुना विकका छोरा जीवन विकको रहेको जनाइएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट