Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा जिल्ला अदालतका न्यायाधीशद्वयको अनुगमन

  • कैलाली दर्पण
  • बिहिबार, जेष्ठ ७, २०८३
बर्दगोरियामा जिल्ला अदालतका न्यायाधीशद्वयको अनुगमन

कैलाली — कैलाली जिल्ला अदालतका न्यायाधीश द्वय दिपेन्द्र नाथ योगि र ठाकुर प्रसाद पौडेललाई बर्दगोरिया गाउँपालिकामा स्वागत गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष तथा न्यायिक समिती संयोजक गणेश राज गिरि र प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारुले उहाँहरूलाई स्वागत गर्नुभएको हो ।

न्यायाधीश द्वयले बर्दगोरिया गाउँपालिकाको न्यायिक समिति अन्तर्गत सञ्चालन भइरहेका काम कारबाही तथा मुद्दा मामिलाको अवस्थाबारे अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा स्थानीय स्तरमा न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने विषयमा छलफल समेत भएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँगको भेटघाट तथा अनुगमनमा न्यायाधीशहरूले न्यायिक समितिको कामलाई थप व्यवस्थित र परिणाममुखी बनाउन सुझाव दिनुभएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट