निर्मला शाही बौनिया/ कैलालीको मोहन्यालमा गाउपालीकामा नेपाली काङग्रेसले टोल कार्यसमिति विस्तारलाइ तिब्रता पारेको छ । स्थानीय तहको निर्वाचन नजिकै आउदा काङग्रसले टोल टोलमा संगठन बिस्तार र सुदृढीकरणको अभियान कार्यलाइ जारी राखेको छ ।
यसैक्रममा शनिबार मोहन्याल गाउँपालिका वडा नं १ अन्तर्गत” तल्लापानी टोल कार्यसमिति” गठन गरिएको छ । जसको सभापतिमा करन पुन मगर , उप-सभापती सारदा साउँद ,सचिबमा खगेन्द्र बुढा, कोषाध्यक्षमा जमुना धामी सहित १५ सदस्य रहेका छ्न ।
वडा सभापति गणेश घर्तीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रीय महाधिवेशन प्रतिनिधि भरत कुमार शाही ,विशिष्ट अथितिहरुमा नेपाली काँग्रेस क्षेत्र २ का सदस्य प्रेम बुढा र क्षेत्र २(ख) का सदस्य लक्ष्मण बम रहनुभएको थियो ।
यस्तै अतिथिहरुमा गाउँकार्यसमिति उपसभापति अशोक थापा,सचिब भरत कोषाध्यक्ष फुलमाया कु. राना मगर, युवा नेता खगेन्द्र ब. शाही लगाएत रहेका थिए ।
