Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण, ३०५ किसान लाभान्वित

  • कैलाली दर्पण
  • बिहिबार, बैशाख ३१, २०८३
बर्दगोरियामा ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण, ३०५ किसान लाभान्वित
Oplus_16908288

कैलाली — बर्दगोरिया गाउँपालिकामा किसानलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरिएको छ ।

गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेको कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ले किसानलाई धानको बीउ हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष कुँवरले कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा लिँदै उत्पादन वृद्धि र आधुनिक कृषि प्रविधि अपनाउन किसानलाई आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय बीउको प्रयोगले उत्पादनमा वृद्धि हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

कृषकलाई राहत दिने र उत्पादन बढाउने लक्ष्यसहित ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको कृषि शाखा प्रमुख झन्कर रावतले बताउनु भयो । रावतका अनुसार समयमै बीउ बितरणले किसानलाई आर्थिक भार कम हुनुका साथै समयमै रोपाइँ गर्न सहज हुने विश्वास लिइएको छ ।

स्थानीय किसानहरूले अनुदानमा बीउ पाउँदा राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन्। ६ वटै वडाका ३ सय ५ जना किसानले धानको बिउका लागि आबेद्न पेश गरेका थिए । सोही अनुरुप बर्दगोरिया गाउँपालिकाले किसानलाई सावा मन्सुली , सर्जु बाउन्न, बहुगुणि जातको बीउ बितरण गरेको हो ।

धानको बीउ बितरण कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, २ का अध्यक्ष गोबिन्द बि क, ५ का अध्यक्ष भोलेराम चौधरी र ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु, लगाएत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट