Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भजनी उद्योग वाणिज्य संघको अध्यक्षमा पत्रकार बुढा सर्वसम्मत चयन

  • कैलाली दर्पण
  • शनिबार, बैशाख २६, २०८३
भजनी उद्योग वाणिज्य संघको अध्यक्षमा पत्रकार बुढा सर्वसम्मत चयन

कैलालीको भजनीमा उद्योग वाणिज्य संघ भजनीको चौथो वार्षिक चुनाबी साधारण सभाबाट अध्यक्षमा पत्रकार जय बहादुर बुढा सर्वसम्मत रूपमा चयन भएका छन्।

शनिबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा राम प्रसाद रेग्मी, सचिवमा जनक बहादुर वि.क., कोषाध्यक्षमा शान्ति ओझा तथा सह–सचिवमा विनोद शाह चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा निर्मला परियार, राज कुमार अग्रवाल, लाल बहादुर चौधरी, उपेन्द्र केसी, नृप बोगटी र नरेन्द्र थापा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष बुढाले व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन तथा आर्थिक गतिविधि सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले सबै व्यवसायीलाई एकजुट भई संघलाई थप सक्रिय र प्रभावकारी बनाउने दिशामा अघि बढ्न आह्वान गरेका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट