२४ बैशाख/कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकाभित्र रहेको गौशालाको स्थलगत अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा अध्यक्ष कुँवरले विगतको तुलनामा गौशालामा केही सुधार देखिएको उल्लेख गर्दै अझ प्रभावकारी व्यवस्थापनमार्फत थप सुधार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले गाईको उचित हेरचाह, सरसफाइ तथा व्यवस्थापनमा विशेष ध्यान दिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ।
यसैगरी अध्यक्ष कुँवरले पशु आहार व्यवस्थापनलाई दीगो बनाउन समयमै घाँसको बीउ छर्ने वा अन्य वैकल्पिक उपाय अपनाई पर्याप्त घाँस उत्पादनतर्फ ध्यान दिन सुझाव दिनुभयो। स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै गौशालालाई व्यवस्थित र आत्मनिर्भर बनाउनेतर्फ पालिका अघि बढ्ने जनाइएको छ।