Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना,१७ जनाको मृत्यु

  • कैलाली दर्पण
  • बिहिबार, बैशाख १७, २०८३
रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना,१७ जनाको मृत्यु

रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप बिहीबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डमा जीप दुर्घटना भई करिब ८०० मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली परिचालित भई उद्धार कार्य जारी रहेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट