Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुर्खेतमा WASH रणनीति बैठक, लम्कीचुहा नगर प्रमुख शाहीको सहभागिता

  • कैलाली दर्पण
  • बुधबार, बैशाख १६, २०८३
सुर्खेतमा WASH रणनीति बैठक, लम्कीचुहा नगर प्रमुख शाहीको सहभागिता

वैशाख १६ / खानेपानी मन्त्रालयको आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) क्षेत्रअन्तर्गत सन् २०२६ देखि २०३० सम्म सञ्चालन हुने अभियानात्मक (Flagship Programmes) कार्यक्रमको तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ।

सुर्खेतस्थित शुभ होटलमा आयोजित बैठकमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाही सहभागी हुनुभएको थियो। कार्यक्रममा WASH क्षेत्रका आगामी सम्भावित कार्यक्रम तथा परियोजनाबारे विभिन्न पक्षबाट छलफल र प्रस्तुतीकरण गरिएको थियो।

बैठकमा नगर प्रमुख शाहीले WASH क्षेत्रको दिगो विकासका लागि आवश्यक योजना निर्माण, कार्यान्वयन तथा समन्वयका विषयमा महत्वपूर्ण जानकारी हासिल भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले स्थानीय तहमा खानेपानी तथा सरसफाई सेवाको प्रभावकारी विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधि, सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट