बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका -३ मा रहेको एनटिबिएस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्दै पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धि सार्वजनिक गरिएको थियो । नतिजा अनुसार अधिकांश विद्यार्थीले सन्तोषजनक प्रदर्शन गरेका छन् भने उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ । साथै बिधालयले बिधालयमा अनुशासन ,सरसफाई ,नियमित रुपमा उपस्थिति , लगाएत बिधालय पोषाकमा आउने बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक नवराज टमट्टा, शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।सो अवसरमा बोल्दै संस्थापक नवराज टमट्टाले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।