Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पालिका अध्यक्ष कुँवरद्वारा महुन्याल माविको ५५ लाखको भवन शिलान्यास

  • कैलाली दर्पण
  • आइतवार, बैशाख ६, २०८३
पालिका अध्यक्ष कुँवरद्वारा महुन्याल माविको ५५ लाखको भवन शिलान्यास

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको महुन्याल माध्यमिक विद्यालयमा ५५ लाख रुपैयाँ लागतको नयाँ भवन निर्माण कार्य सुरु गरिएको छ ।

प्रदेश सरकारको “नमुना विद्यालय कार्यक्रम” अन्तर्गत कार्यालय व्यवस्थापनका लागि विनियोजित बजेटबाट उक्त भवन निर्माण हुन लागेको हो ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले आईतवार भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बिक , प्रधानाध्यापक चन्दृका जोशी र शिक्षकहरुको उपस्थिति रहेको थियो ।
शिलान्यास गर्दै पालिका अध्यक्ष अध्यक्ष कुँवरले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधारमा समेत जोड दिनुपर्ने बताउनुभयो। उहाँले नमुना विद्यालय कार्यक्रमले सामुदायिक विद्यालयको अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले नयाँ भवन निर्माणसँगै कार्यालय व्यवस्थापन थप व्यवस्थित हुने र सेवा प्रवाहमा सहजता आउने जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट