Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहा मेयर कप फुटसल टुर्नामेन्ट २०८३ को उपाधि हिमालय बैंकलाई

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ५, २०८३
लम्कीचुहा मेयर कप फुटसल टुर्नामेन्ट २०८३ को उपाधि हिमालय बैंकलाई

कैलालीको लम्कीचुहा नगरपालिकामा आयोजित “लम्कीचुहा मेयर कप फुटसल टुर्नामेन्ट २०८३ (दोस्रो संस्करण)” को उपाधि हिमालय बैंकले जितेको छ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो।
रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हिमालय बैंकले उपाधि उचालेको हो भने नेपाल इन्भेस्टमेन्ट मेघा बैंक उपविजेतामा सीमित भएको छ।

विजेता हिमालय बैंकले नगद १ लाख १ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले नगद ५१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारेको छ।

लम्कीचुहा नगरपालिकाको विशेष सहयोगमा सञ्चालन भएको उक्त प्रतियोगिता लम्की फुटसल एण्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको हो। विजेता तथा उपविजेता टिमलाई नगर प्रमुख सुशीला शाही, वडा अध्यक्ष नेत्र प्रसाद खनाललगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो।

आयोजकका अनुसार आगामी संस्करण विद्यालयस्तरीय प्रतियोगिताको रूपमा सञ्चालन गरिनेछ। साथै छिट्टै महिला गोल्डकप आयोजना गर्ने तयारी समेत गरिएको जानकारी दिइएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट