कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रास्कोटी शाही ठकुरी सेवा समाज सुर्खेतको आयोजनामा नव वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
समाजका अध्यक्ष भक्त बहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य धुर्व कुमार शाही प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य रुद्र विक्रम शाही, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाही, मलय बर्मा स्मृति अध्ययन प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष लिला जंग शाही, सल्लाहकार समिति सदस्य दल बहादुर शाही तथा लिलाराम शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
समाजका सदस्य तिलक बहादुर शाहीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन गणेश बहादुर शाहीले गर्नुभएको थियो।
यसैगरी कार्यक्रमकै अवसरमा भक्त बहादुर शाहीको संयोजकत्वमा रास्कोटी ठकुरी वंशावली लेखन समिति गठन गरिएको छ। उक्त ११ सदस्यीय समितिमा दैलेखबाट दल बहादुर शाही, जाजरकोटबाट तिलक बहादुर शाही कैलालीबाट लिला जंग शाही, बर्दियाबाट चक्र बहादुर शाही, कालिकोटबाट अम्म बहादुर शाही, अछामबाट चक्र बहादुर शाही लगायतका सदस्य रहेका छन्।
त्यसैगरी सल्लाहकार समितिमा पूर्व मन्त्री हिम बहादुर शाही( दैलेख) पुर्व माननीय कृष्ण बहादुर शाही(जाजरकोट),डा. दलिप कुमार मल्ल( माग्दी), निरध्वज शाह (रुकुम) पुर्व अधिबक्ता भीम बहादुर शाही (बाँके) तथा पुर्व गाबिस अध्यक्ष दुर्गा बहादुर शाही (कालिकोट) रहेका छन्।
इतिहास अनुसार सिँजा साम्राज्यका सम्राट बडे राजा मलय बर्माका सन्ततिहरूले दुल्लु, बेलासपुर, दैलेख, जाजरकोट, सल्यान, रुकुम, पर्वत, गल्कोट, म्याग्दी, कास्कीकोट, रोल्पा, माल्नेटा, खाडाचक्र, सान्नी, धुलिकोट, गोतामकोट, मुसिकोट, बाफिकोट, खगेनकोट, तिलुखाना, आठबिस लगायतका स्थानमा राज्य स्थापना गरी शासन सञ्चालन गरेका थिए।
रास्कोटी ठकुरीहरूले विक्रम संवत् १४६८ देखि शाही, शाह, सिंह, बम्ममल्ल, मल्ल, राया लगायत उपाधि धारण गर्दै राज्य सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ।