Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपालिकाको १७ औँ गाउँ सभा सम्पन्न,बजेट खर्च ४५% नजिक

  • कैलाली दर्पण
  • बिहिबार, चैत्र १९, २०८२
बर्दगोरिया गाउँपालिकाको १७ औँ गाउँ सभा सम्पन्न,बजेट खर्च ४५% नजिक

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा बिहीबार सम्पन्न भएको छ।गाउँ सभामा आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्मको वित्तीय प्रगति सार्वजनिक गरिएको छ।

सभामार्फत कार्यपालिका बैठकका निर्णय अनुमोदन, विभिन्न विधेयक तथा कानुन पारित र संशोधन, साथै बजेट संशोधन र रकमान्तरका विषयमा छलफल गरी पारित गरिएको जनाइएको छ।

गाउँपालिकाले हालसम्म कुल अनुमानित बजेटको ४९.०५ प्रतिशत अर्थात् ३७ करोड ८६ लाख ४० हजार रुपैयाँ प्राप्त गरेको जनाएको छ। कुल ७७ करोड १९ लाख बजेटमध्ये चालुतर्फ ४५.४९ प्रतिशत र पुँजीगततर्फ ४०.७० प्रतिशत बजेट खर्च भएको छ।

चालु खर्चतर्फ ३८ करोड ९४ लाख ४७ हजारमध्ये १७ करोड ७१ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ३८ करोड २४ लाख ५३ हजारमध्ये १५ करोड ५६ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ।

आयतर्फ सङ्घीय सरकारबाट प्रस्तावित ५२ करोड २७ लाखमध्ये ४५.१४ प्रतिशत, प्रदेश सरकारबाट प्रस्तावित ५ करोड ७० लाख ४७ हजारमध्ये २५.७३ प्रतिशत रकम प्राप्त भएको छ।

यस्तै राजस्व बाँडफाँडबाट ५२.६४ प्रतिशत रकम प्राप्त भएको छ भने आन्तरिक स्रोततर्फ लक्ष्यको ३३.९३ प्रतिशत अर्थात् २ करोड ७९ लाख ८ हजार रुपैयाँ संकलन भएको गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट