Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वानका लागि मुख्यमन्त्री शाहद्वारा सिफारिस

  • कैलाली दर्पण
  • बिहिबार, चैत्र १९, २०८२
सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वानका लागि मुख्यमन्त्री शाहद्वारा सिफारिस

चैत्र १९/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाको सातौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नु भएको छ ।

बुधबार मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चैत्र २४ गते मंगलबार अपराह्न ४:०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो ।
मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहिवार सिफारिस पत्र पठाउनु भएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट