Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एक साताभित्र प्रदेश सभा अधिवेशन बोलाउन नेकपाको माग

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र ६, २०८२
एक साताभित्र प्रदेश सभा अधिवेशन बोलाउन नेकपाको माग

सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलले प्रदेश सभाको नियमित अधिवेशन तत्काल आह्वान गर्न माग गरेको छ।

नेकपा संसदीय दलका नेता खगराज भट्ट ले शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाह लाई ध्यानाकर्षण पत्र बुझाउँदै एक साताभित्र अधिवेशन बोलाउन आग्रह गरेका हुन्।

छैटौं अधिवेशन अन्त्य भएको लामो समय बित्दा पनि हिउँदे अधिवेशन नबोलाइएकोप्रति नेकपाले गम्भीर असन्तुष्टि जनाएको छ। अधिवेशन नहुँदा प्रदेश सभा बैठक बस्न नसकेको र जनसरोकारका विषयमा छलफल अवरुद्ध भएको बताइएको छ।
ध्यानाकर्षण पत्रमा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन कमजोर रहेको, सुशासन कायम गर्न नसकेको, सञ्चार माध्यममार्फत विभिन्न गुनासा बाहिरिएको तथा दर्ता भएका विधेयकहरू पारित प्रक्रियामा अघि बढ्न नसकेको उल्लेख गरिएको छ।

यसका साथै, प्रदेश सरकारले राजनीतिक नियुक्तिमार्फत आफ्ना कार्यकर्ता खुसी बनाउने प्रयास गरेको, तथा मुख्यमन्त्रीमाथि लागेको भ्रष्टाचार सम्बन्धी आरोपको छानबिन अघि नबढाइएको विषयमा पनि नेकपाले प्रश्न उठाएको छ।

कपाका अनुसार संसद नै जनप्रतिनिधिले सरकारलाई जवाफदेही बनाउने मुख्य थलो हो। संसद बैठक नहुँदा सांसदहरूको भूमिकामा प्रत्यक्ष अवरोध सिर्जना भएको जनाएको छ।

नेकपाले प्रदेश सरकारलाई एक साताभित्र नियमित अधिवेशन बोलाउन ultimatum दिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट