Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद, ४८ महिला

  • कैलाली दर्पण
  • आइतवार, चैत्र १, २०८२
रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद, ४८ महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसद टुंगो लगाएको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पठाइने सांसदहरूको नाम तय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाले बैठकले समानुपातिक सांसद बन्ने उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिए। उनका अनुसार खस–आर्यबाट १७, आदिवासी जनजातिबाट १६, दलितबाट ८, मुस्लिमबाट ३, मधेशीबाट ९ र थारुबाट ४ जना सांसद चयन गरिएको छ।

कुल ५७ जनामध्ये ४८ महिला र ९ पुरुष रहेको उनले बताए। पार्टीले पठाएका नामहरू निर्वाचन आयोगले रुजु गरेपछि मात्रै सार्वजनिक गरिने जनाइएको छ।

रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ ५७ सांसद थपिएपछि पार्टी दुई तिहाइ नजिक पुग्ने बताइएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट