राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ।
आइतबार धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चार जनालाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठ ले जानकारी दिए।
समानुपातिकतर्फ सिफारिस भएका सांसदहरू:
भरत गिरी — खस–आर्य पुरुष, महोत्तरी
ताहिर अली — मुस्लिम पुरुष, रुपन्देही
खुस्बु ओली — खस–आर्य महिला, झापा
सरस्वती लामा — जनजाति महिला, धादिङ
यससँगै राप्रपाले समानुपातिक बन्दसूचीमा रहेका यी चारै जनालाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ।