Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली-२ मा रास्वपाका केपि खनाल निर्वाचित

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन २४, २०८२
कैलाली-२ मा रास्वपाका केपि खनाल निर्वाचित

कैलालीका निर्वाचन क्षेत्र नम्बर-२ मा रास्वपाका केपी खनाल विजय भएका छन।

खनालले आफ्नो निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीलाई करिब ७ हजार मतको फराकिलो अन्तरले पराजित गर्दै १९ हजार ५७ मत प्राप्त गर्नुभयो।

पतिराम चौधरीले ११ हजार ९ सय ४९ मतमा सिमित हुनुभयो।
तेस्रो स्थानमा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ मत प्राप्त गर्नुभयो।

यसैगरी नेपाली कांग्रेसका विजयबहादुर स्वाँर ७ हजार २ सय १३ मतसहित चौथो स्थानमा रहनुभयो भने नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४ हजार ३ सय ६९ मत ल्याउनुभयो।

क्षेत्र नम्बर २ मा कुल १ लाख ७ हजार ५७ मतदाता रहेका थिए, जसमा ५६ हजार ७ सय ७० मत खसेको थियो।

रास्वपाले कञ्चनपुरका चारवटा निर्वाचन क्षेत्रहरूमा पनि विजय हासिल गर्दै आफ्नो प्रभाव पश्चिमी नेपालको राजनीतिमा अझ बलियो बनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट