२३फागुन/बझाङ निर्वाचन क्षेत्रमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार ऐन महर विजयी भएका छन्।
यस जितसँगै सुदूरपश्चिममा एमालेले राजनीतिक खाता खोल्दै पहिलो कदम राखेको छ।
एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज रहेका महरले १८,५४३ मत प्राप्त गरे। उनका प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६,३०४ मत मात्र पाएका थिए।
यसरी महरले रसाइलीलाई २,२३९ मतको स्पष्ट अन्तरले पराजित गरेका हुन।
यसैगरी अन्य उम्मेदवारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ९,७५७ मत पाउँदा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेश कुमार सिंहले ९,२६३ मत प्राप्त गरे।
यो निर्वाचनमा कुल सात जना उम्मेदवार प्रतिस्पर्धामा थिए। प्रारम्भिक मतगणनादेखि नै अग्रता बनाएका महरले अन्ततः निर्णायक अन्तरले जित सुनिश्चित गरेका छन्।