Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

धादिङमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु,२५ घाइते

  • कैलाली दर्पण
  • सोमवार, फाल्गुन ११, २०८२
धादिङमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु,२५ घाइते

११ फागुन/ धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ ।

राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।

 दुर्घटनामापरि मृत्यु हुनेको संख्या अहिलेसम्म १८ जना पुगेको प्रहरीले पुष्टि गरेको छ। २५ जना घाइते भएका छन्। घाइतेमध्ये २४ जनलाई भने थप उपचारका लागि काठमाडौँ पठाइएको हो।

घाइते एक जनाको भने मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी न्युजिल्यान्डकी नागरिक हुन्। अवस्था सामान्य भएकाले उनले आफू काठमाडौं नजाने र यही उपचार गर्ने बताएकी थिइन्।

मृतकको शव पोष्टमार्टमका लागि गजुरी सामुदायिक अस्पतालमा पठाइएको छ।

बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट काठमाडौँका लागि छुटेको थियो। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीले सञ्चालन गरेको बसमा केही विदेशी नागरिक पनि चढेका थिए।

बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीका अनुुसार बस धनी ओमकुमार श्रेष्ठ पनि त्यही बसमा थिए। उनको घटनास्थलमै मृत्यु भएको छ। गाडी चालक भने बेपत्ता छन्।

 

 

 

सम्बन्धित समाचार
ताजा अपडेट