Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दानुफाँटा नमुना सामुदायिक बनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २, २०८२
दानुफाँटा नमुना सामुदायिक बनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको दानुफाँटा नमुना सामुदायिक बन उपभोक्ता समुहको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समुहका अध्यक्ष टेकराज जोशिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका नम्बर ३ का वडा अध्यक्ष मनऋषी आचार्य रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष मन्ऋषी आचार्यले बन बिनाश होइन, बनको संरक्षण गर्न सबै उपभोक्ता लाग्नु पर्ने बताउनु भयो । उहाँले हरियो बन नेपालको धनको नारा छ, तर भित्र भित्रै विनासले कसरी नेपालको धन बनाउन सकिएला त्यसैले सबैले बन जोगाउन लाग्नु पर्ने बताउनु भयो ।

संस्थाका उपाध्यक्ष नन्दराम बिष्टले स्वागत गरेको कार्यक्रममा जगदम्बिके भगवती माध्यामिक बिधालयका प्र अ नेत्र खड्का, रानिजरुवा सामुदायिक बनका अध्यक्ष लाल सिंह बिक, ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर बिष्ट , वडा सदस्य भावना बिक,कपिल गुरुङ ,आत्म प्रसाद रिजाल लगाएतको उपस्थिति रहेको थियो ।

सामुदायिक बनले आर्थिक बर्ष ०८१/०८२ को ११ लाख ५८ हजार रुपैयाँ बराबरको आय व्यय लेखा समिती संयोजक भुपेन्द्र रास्कोटिले प्रस्तुत गर्नु भएको थियो । साथै आगामी आर्थिक बर्ष ०८२/०८३ का लागि  ४५ लाख बराबरको अनुमानित आय व्यव समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सह-सचिव चक्र बिष्टले गर्नु भएको थियो ।

 

सम्बन्धित समाचार
ताजा अपडेट