Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नोबेल माविको २०औं बार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २, २०८२
नोबेल माविको २०औं बार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न

बौनिया/कैलालीको बर्दगोरियामा रहेको नोबेल माध्यामिक विद्यालयको २० औं बार्षिकोत्सव एवम् अभिभावक दिवस समारोह सम्पन्न भएकोको छ ।

विद्यालयका संस्थापक सुरेश खड्काको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।

विद्यालयका बिद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप संगै विभिन्न सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालय उत्कृष्ट अन्क ल्याउने कक्षा नर्सरी देखि १२ कक्षा सम्मका बिद्यार्थी हरुलाई बिधालयले पुरस्कृत गरेको छ । साथै बिधालयमा संचालित आन्तरिक खेलकुदमा प्रथम,द्दितिय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई समेत प्रमाणपत्र सहित पुरस्कृत गरेको छ ।

कार्यक्रममा शिक्षक राम चन्द्र अवस्थिले स्वागत गरेको कार्यक्रमको संचालन प्रिन्सिपल राजेन्द्र भट्टले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट