Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

फलेबिसौना-सल्लेरी-बर्जेना हुँदै खिमडि जोड्ने सडक खण्डको शिलान्यास

  • कैलाली दर्पण
  • शुक्रबार, माघ २, २०८२
फलेबिसौना-सल्लेरी-बर्जेना हुँदै खिमडि जोड्ने सडक खण्डको शिलान्यास

बौनिया/भौगोलिक रूपमा विकट तथा पिछडिएको मोहन्याल गाउँपालिकामा सडक विस्तार कार्यले तीव्रता पाएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने फलेबिसौना सल्लेरी बर्जना हुदै पालिकाको केन्द्र खिमडी जोड्ने सडक स्तरोन्नतिका लागि गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले बिहिवार शिलान्यास गरेका छन ।

स्थानीयबासी वर्षौँदेखि जोखिमपूर्ण सडकमा यात्रा गर्न बाध्य छन । सडक स्तरोन्नतीका लागि शिलान्यास भएपछि स्थानीय खुसी भएका छन्।

फलेबिशौना सल्लेरी बर्जेना सडक स्तरोन्नति गर्नका लागि संघीय सरकारको र स्थानिय पालिकाको  समपुरक कोषबाट निर्माण हुने भएको हो ।

भौगोलिक बिकट र चुरे पहाडका कारण यस गाउँमा वर्षाको समयमा सडक पूर्ण अवरुद्ध हुने गरेको छ । हिउँदमा पनि पैदलयात्रा मात्र गर्न सकिन्छ ।

सडक स्तरोन्नती भएपछि सहजै वर्षाको समयमा पनि यात्रा गर्न सकिने र यो राम्रो कामको सुरुवात गर्न निरन्तर संघ प्रदेश सरकारसँग गरेको पहललले सार्थकता पाएको भन्दै अध्यक्ष उपाध्यायले खुसी व्यक्त गरे ।

गाउँपालिकाको कार्यालय सम्म जान सहजताका लागि पालिकाले विभिन्न खण्डमा स्तरोन्नतिको काम गराइरहेको र गाउँको अधिकांश भेगमा मोटरबाटो खनिएको अध्यक्ष उपाध्यायले बताए । सो सडक मोहन्याल गाउँपालिकाको समपुरक अन्तरगत रु १ करोड ६६ लाख बजेटमा निर्माण हुने छ ।

सम्बन्धित समाचार
ताजा अपडेट