३०पुस/कैलालीको लम्किचुहा नगरपालिका-६ बामनपुरमा अवस्थित लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहको १८ औं चुनावी साधारणसभा बाट अध्यक्षमा नर बहादुर बुढा निर्वाचित भएका छन् ।
बुधबार समुहको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा बर्तमान अध्यक्ष कल्पना रावतलाई ५९ मतले पछी पार्दै नर बहादुर बुढा अध्यक्षमा विजयी भएका हुन।
विजयी बुढाले १ सय ९४ मत प्राप्त गरेका छन भने उनका निकट प्रतिद्वन्दी कल्पना रावतले १सय ३५ मत प्राप्त गरेकि छन् ।
यसैगरी सदस्यमा भरत बिस्टले १ सय ९८ मत,लीला चौधरीले १ सय ८६ मत,मनिराम चौधरी १ सय ७९ मत र नन्दकला खड्काले १ सय ५० मत प्राप्त गरि बिजयी भएका छन।
यस्तै उपाध्यक्षमा भरत बहादुर बोगटी ,सचीवमा कल्पना रावत, कोषाध्यक्षमा मन्जु सुनार ,सह- सचीवमा देविराम जैसी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक गजेन्द्र शाहीले जानकारी दिएका छन ।