Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुन्दरपुर ग्रामिण विद्युत सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, पुस २६, २०८२
सुन्दरपुर ग्रामिण विद्युत सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया/कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सुन्दरपुर ग्रामिण बिधुत सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष लोक बहादुर भुलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहनु भएको थियो ।

सहकारी संस्थाका सचिव प्रकाश दमाईको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया कार्यपालिका सदस्य पुष्कर बि क, शिव पार्बती सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष सुर्य थापा ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

लेखा समिति संयोजक पदम चलाउनेले आर्थिक बर्ष २०८१/०८२ को २८ लाख, ४३ हजार बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन लाल बहादुर भुलले संचालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट