ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । बुधबार राति उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझेपछि प्रधानमन्त्री कार्कीले घिसिङलाई खादा लगाएर बिदाइ गरेकी छन् । रास्वपामा लागेपछि कुलमानलाई सरकार छोड्न चाैतर्फी दबाब थियो ।