Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जानकी गाउँपालिकाको १७ औं गाउँसभा शुरु, पुँजीगत खर्च ५.११ प्रतिशत मात्रै

  • कैलाली दर्पण
  • बुधबार, पुस १६, २०८२
जानकी गाउँपालिकाको १७ औं गाउँसभा शुरु, पुँजीगत खर्च ५.११ प्रतिशत मात्रै

१६पुस/जानकी गाउँपालिकाको १७ औं गाउँसभा शुरु भएको छ । सभाको बुधबार बसेको पहिलो बैठकले गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को संशोधित आर्थिक विनियोजन विधेयक, जानकी गाउँपालिकाको कर्मचारी संगठन तथा व्यवस्थापन प्रतिवेदन पारित गरेको छ ।

यसका साथै केहि कार्यपालिकाका निर्णय, गाउँपालिकामा चालु आर्थिक वर्षमा सूचिकृत मेलमिलापकर्ताको सूचि पनि गाउँसभाले अनुमोदन गरेको छ ।
संशोधित आर्थिक विनियोजन विधेयक प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष लालमती देवि कठरियाले जानकी गाउँपालिकामा चालु आर्थिक वर्षको अहिलेसम्म चालु तर्फ ३६.२१ प्रतिसत र पुँजीगत तर्फ ५.११ प्रतिसत गरी जम्मा २०.७३ प्रतिशत मात्र खर्च भएको जानकारी गराउनु भयो।

कार्यपालिकाका निर्णय अनुमोदनका लागि पेस गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधकृत तथा सभाका सचिव भानुभक्त भट्टले गाउँपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुको माघ १ गतेदखि लागु हुने गरी ६ महनिाका लागि करार अनुमोदन गर्ने निर्णय भएको जानकारी गराउनु भयो ।
सभाको पहिलो बैठकमा जानकी गाउँपालिकाको जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, जानकी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पनि पेश भएको छ ।
विधायन समितिका सभापति सुरेश कुमार चौधरीले सभामा पेस गर्नु भएको उक्त २ ओटा विधेयक सभाको २० गते बस्ने दोस्रो बैठकमा छलफल गरी पारित गरिने सभाध्यक्ष गणेश चौधरीले जानकारी दिनुभयो ।
सभाको शुन्य समयमा बोल्ने सभाका सदस्यहरुले आ–आफ्नो क्षेत्रमा भएका समस्याहरुको बारेमा जानकारी गराउनु भएको थियो।
गाउँसभाको दोस्रो बैठक यहि पुस २० गते दिउँसो १ बजे बस्ने गरी पहिलो बैठक सकिएको सभाका अध्यक्ष गणेश चौधरीले सभालाई जानकारी गराउनु भयो।

सम्बन्धित समाचार
ताजा अपडेट