बौनियाँ/ नेपाल रेडक्रस सोसाइटी उपशाखा सुगरखालको छैटौं अधिवेशन समपन्न भएको छ। शनिबार मोहन्याल ७ बढीगाउमा नेपाल रेडक्रस सोसाइटी सुगरखाल उपशाखाको छैटौं उपशाखा अधिवेशन शाखा सभापति दानबहादुर बोहराको सभापतित्वमा समपन्न भएको हो।
अधिवेशन बाट सभापति सुर्य बहादुर शाही , उप-सभापति कोपिला कार्की ,सचिब नेत्र प्रसाद ढुंगाना ,कोषाध्यक्ष पुर्ण प्रसाद जैशी ,उप-सचीव धर्मा जैशी, र नेत्र बहादुर बटाला लाइ उपकोषाध्यक्षमा चयन गरेको छ ।
यस्तैगरी सदस्यहरुमा रुपा हमाल जगत बहादुर रावल ,नवराज कठायत एकेन्द्र बहादुर बिस्ट तारा प्रशादअधिकारी कार्यसमिति सर्वसहमत निर्वाचित भएको छ।