Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जिल्ला स्तरीय स्वास्थ्य समीक्षा गोष्ठीमा बर्दगोरिया गाउँपालिका दोस्रो

  • कैलाली दर्पण
  • मङ्लबार, मंसिर २, २०८२
जिल्ला स्तरीय स्वास्थ्य समीक्षा गोष्ठीमा बर्दगोरिया गाउँपालिका दोस्रो

बौनिया/कैलाली जिल्लामा बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालय दोस्रो भएको छ । २०८१/०८२ को जिल्ला स्तरिय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखा दोस्रो भएको घोषणा गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कैलाली जिल्लाका १३ स्थानिय कार्यालयले गर्ने कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय बर्दगोरियालाई दोस्रो भएको प्रशंसा पत्र प्रदान गरेको हो ।

आ.व.२०८१/०८२ भरिमा गाउँपलिकाको स्वास्थ्य शाखा तथा अन्तरगतका स्वास्थ्य संस्थाहरु बाट प्रवाह गरेका स्वास्थ्य सेवाहरुको प्रगति तथा सेवाग्राहीको सन्तुष्टि लगायतका विषयवस्तुका सूचकहरूको आधारमा बर्दगोरिया गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको हो ।

सुदुरपश्चिम प्रदेश सरकारका सामजिक बिकास मन्त्री मा.मेघराज खडकाले जिल्लास्तरिय समीक्षा कार्यक्रममा उत्कृष्ट गाउँपालिका,उत्कृष्ट स्वास्थ्य्कर्मी,उत्कृष्ट म.स्वा.स्व.से. र उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई पुरस्कार वितरण गरे । स्वास्थ्य मन्त्री खडकाले चालु आर्थिक वर्षमा सबै कार्यालय, अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्रले आफू प्रथम हुनेछु भन्ने भावनाका साथ काम गर्नुपर्ने बताए । जनताको सेवा सुविधालाई ध्यानमा राख्दै सबैले गुणस्तरीय सेवा प्रदान गर्न उनले जोड दिए। कैलाली जिल्लामा १३ वटा स्थानिय तहमा स्वास्थ्य कार्यालय, १३ वटा अस्पताल छन् ।

बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई जिल्लामा दोस्रो स्थान सम्म पुगाउन पालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अतुलनीय भुमिका रहेको छ । पालिका अध्यक्ष कुँवर सहित जनप्रतिनिधिको भुमिकाले १३ वटै स्थानिय तह मध्य जिल्लामा दोस्रो स्थान हासिल गर्नु जिल्लामा राम्रो सन्देश गएको छ । साथै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकालाई आगामी आर्थिक बर्षमा पहिलो कसरी बनाउने भन्ने तर्फ सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई ध्यान दिन सुझाव दिएका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट