बाैनिया/कैलालीको बाैनिया देखि खिमडी सम्म बस सेवा सुचारु गर्न सुन्दर सुदुरपस्चिम यातायात प्रा.लि संग बर्दगोरियाको माग गरेको छ।
सुन्दर सुदुरपस्चिम यातायात प्रा.लि थप सेवा सुबिधा सहित राजगद्दी एक्सप्रेस बस सेवा संचालनमा ल्याएको छ । सुन्दर सुदुरपस्चिम यातायात प्रा.लि ले बिहिवार बौनियमा बस सो गर्नुका साथै सेवा सुविधा बारे जानकारी गराएको हो ।
सुन्दर सुदुरपस्चिम यातायात प्रा.लि ले थप सेवा बिस्तार गरे संगै बर्दगोरिया गाउँपालिकाले सुन्दर सुदुरपस्चिम यातायात प्रा.लि का अध्यक्ष पदमराज सापकोटा लाई माग पत्र पेश गरेको छ ।
बर्दगोरिया गाउँपालिकाले बौनिया बजार देखि सेती राजमार्ग हुँदै मोहन्याल गाउँपालिकाको केन्द्र खिमिडी सम्म बस सेवा सुचारु गर्न माग गरेको हो ।
खिमडी सम्म बस सेवा सुचारु भए सुदुरपस्चिम र कर्णाली प्रदेशका केही जिल्लाबाट बर्दगोरियाको बौनिया बजार सम्म नागरिकहरु आउन सक्ने अपेक्षा गरिएको माग पत्र बुझाउदै वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले जानकारी दिए । उनले भने खिमडी सम्म बस सेवा सुचारु भए डोटि,अछाम र सुर्खेत बाट छोटो दुरिको आरामदायी यात्रा गर्न आम नागरिकलाई सहज हुने छ ।
सुन्दर सुदुरपस्चिम यातायात प्रा.लि को राजगद्दी एक्सप्रेस बसमा १ साईडमा डबल सिट र १ साईडमा सिङ्गल सिट मात्र राखिएको छ । जसले गर्दा महिला दिदीबहिनीहरुलाई एकल रुपमा लामो दुरिको यात्रा गर्न सहज हुने छ ।
यसै गरि खानाको राम्रो प्रबन्ध मिलाएको अध्यक्ष सापकोटाले जानकारी दिए । पहिले खाना संगै महिला दिदिबहिनिहरुको गुनासो आउथ्यो, त्यसलाई मध्य नजर गर्दै यो राजगद्दी एक्सप्रेसमा कुनै गुनासो न आउने गरि सेवा थप गरिएको बताए । बसमा खाना ,नास्ता सहित काठमाडौ सम्म ३५०० टिकट लाग्ने र खाना, नास्ता आफैले खाए ३००० लाग्ने जनाईएको छ ।
