Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दार्चुलामा जिप दुर्घटना; एकको मृत्यु १० घाइते

  • कैलाली दर्पण
  • सोमवार, अशोज २०, २०८२
दार्चुलामा जिप दुर्घटना; एकको मृत्यु १० घाइते

दार्चुलामा भएको जिप दुर्घटनामा परेर एक जनाकाे मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका  छन् ।

महाकाली नगरपालिका-६ काे भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३००१ ज०२०६ नम्बरकाे जिप दुर्घटना हुँदा साेही ठाउँ बस्ने २८ वर्षीय नरेश बहादुर पालकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले घाइते अवस्थाका पालकाे उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको बताए ।

उनकाअनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्  । उनीहरू मध्ये ६ जनालाई उपचारका लागि धनगढी रेफर गरिएकाे छ भने अन्य समान्य उपचारपषछि डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट